काठमाडौँ – आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन नारायणी नदी किनारमा भव्य साथ गरिदैछ।
चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ नारायणी नदी किनारमा समारोह हुने भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहका बीच आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहिबार नै चितवन आइसकेका छन ।
आज काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलि, पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेत कार्यक्रम उपस्थित तय भएको छ । चितवनको भरतपुर महानगरपालिले गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि उपस्थिति रहने छ।
विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।
उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।