काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी वैशाखमा हुने उपनिर्वाचनलाई केन्द्रीत गरेर आफ्ना सांसदहरूलाई आज इलाम पठाउँदै छ। इलाम २ को ६ पालिकाका नागरिकसँग संवाद गर्न केन्द्रीय नेतालाई पठाउने भएको हो ।
भोलि ती ६ जना सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार सोबिता गौतमलाई इलाम नगरपालिकामा खटाइएको छ भने गणेश पराजुलीलाई देउमाई नगरपालिकामा खटाइएको छ।
यस्तै मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय रास्वपाले सअघि नै गरिसकेको छ।