काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डोलप्रसाद (डीपी) अर्याल मन्त्री बन्ने भएका छन् ।
सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए ।
नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए ।
गृहमन्त्री बन्न चाहेका रविलाई लाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् ।