काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् ।
मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यसअघि पहिलोपटक श्रम मन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।
मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलो पटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम समेत रोकिएको थियो ।