काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा गएसंगै पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बने पक्का भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री नपठाएको र आज भने जसपा नेताले यादव मन्त्रि बन्ने पक्का भएको जानकारी दिएका छन्।
सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका छन्।