काठमाडौँ। पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । सातामा एकपटक छलफल छलफल गरि कार्य प्रभावकारी बनाउन छलफल राखिएको बताएको हो।
नया गठबन्धन भएसंगै रास्व्पाले ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने बताएको छ भने अर्को फोर्स संसदमा केन्द्रीत गर्न लागेको बताएको छ।
बाकि रहेको एउटा फ़ोएस भने अन्य काम लागाउने रास्वपाक प्रवक्ता मुकुल ढकालले बताएका छन्। सरकारमा गएका ४ मन्त्री संग निरन्तर र नियमित छलफल रहने बताइएको छ।
सम्हालेका ४ मन्त्रालयमा प्रभावकारी कार्य गर्नको लागि पार्टीसंग छलफल राखेको बताएका हुन्। प्रत्यक आइतवार हुने भनिएको मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्ले र महामन्त्री मुकुल ढकाल सहभागी हुने बताएका छन् ।
रास्वापा सभापति समेत रहेका रवि लामिछानेले रविले गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।