काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन्।
आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै श्रेष्ठले उजुरी दिएका हुन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको बताइएको छ।
राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्व एआईजी श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा आक्रमण भएको थियो ।
आक्रमणमा संलग्नहरू आरोपीहरू फरार छन् । घटना अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको एसएसपी खत्रीले बताए । ले ‘सिसिटिभी फुटेज विश्लेषण गरिरेह्को जानकारी दिएको छन् ।’
श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् ।