काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपले इलाम२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भएको थियो।
उक्त बैठक सकिए संगै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो।
केन्द्रीय समितिको बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताएका छन् ।
उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफलभएको थियो।
सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि खालि छ। रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ। रास्वपाले इलाम २ मा उमेदवार को उठाउने भन्ने टुंगो लगाउन बाकी रहेको अर्यालले बताएका छन।