काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।
आज बिहान सामाजिक संजाल मा पोस्ट गर्दै उनले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । उनले केहि दिन अघि मात्र सामाजिक संजालमा आफु होम वोर्कमा समेत रहेको बताएका थिए. उनले आफुहरु चेक लिस्टमा रहेको र हम्वोर्कको तयारी गरिरहेको बताएका हुन्।
देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल’ उनले लेखेका छन। नया सत्ता साझेदार संगै बनेको नया गथाबन्धन्म मा रास्वपका सभापति लामिछाने गृहमन्त्री बनका छन्। ४ मन्त्रालय सहित रास्वप्पा नया सरकारमा साझेदार बनेको हो।