काठमाडौँ। राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका हुन् ।
बैठकमा उपस्थित ५७ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन्। कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत खस्दा एक सांसद तटस्थ बसेका छन्।
निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् ।