काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले उक्त अभिव्यक्तिको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन् । मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री आफूसँग रिसाएको भन्ने डा. महतको भनाईप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका हुन्।
‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मैले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिएका हुन् म डा.प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ’, प्रधानमन्त्री प्रचण्डले भने ।