काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीविरुद्ध कांग्रेस-एमालेको गठबन्धन गर्न चुनौती दिएका छन् ।
उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ ।
तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ रु नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’
उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताए ।