काठमाडौँ। सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको छ ।
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी केसीलाई सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण देखिए संगै सुबु माथि कारबाही गर्न सिफारिस गरिएको हो ।
तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ । सुन प्रकरणमा मुछिएकाहरूलाई उन्मुक्ति दिनेहरूमाथि कारबाही गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।