काठमाडौँ। सरकारमा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ ।
रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो । अलपत्र जस्तै अवस्थामा रहेका २१ वटा विकास आयोजना छनोट गर्दै रास्वपाले दबाब यात्रा सुरु गरेको थियो ।
गत माघ २१ गते सुरु यात्रा चैत २१ गते सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो । महामन्त्री मुकुल ढकालले समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले अघि बढ्न अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिए । स्थगित दबाब यात्रा कहिले सुरु गर्ने भन्ने यकिन नभएको ढकालको भनाइ छ ।
यसबीचमा रास्वपाले ३ वटा मात्रै आयोजनामा दबाब यात्रा गरेको छ । २१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।
२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।