काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा महरा पक्राउ परेकोमा धन्यवाद दिएका हुन् ।
सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आफैं मुछिएको मुद्दामा कसरी अनुसन्धान गर्नसक्छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने आशंका र डर बढेको बताए ।
सुन काण्डमा सरकारले जुन किसिमको काम सुरु गरेको छ सहकारी ठगीमा प्रकरणमा पनि जो संलग्न छन् तिनीहरूमाथि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।