काठमाडौँ। नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न सरुवा भएका अधिकारीलाई उपप्रधान एवं गृहमन्त्रीले निर्देशन दिएका छन्।
सरकारले जनतामा तत्काल आशा जगाउन सक्नेगरि आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न आग्रह गरेका छन्।
सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिबृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुपर्ने बताएका छन।
राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न अवगत गर्दै आज्ञापालक होइन , सिर्जनशिल प्रशासक बन्न प्रेरित गरेका छन् ।
सुरक्षा र सेवा प्रवाहमा तत्कालै गरि स्थानीय सरकारसँग समन्वय गर्न , समयमै निर्णय र रिपोर्टिङ गर्न गृहसचिवले निर्देशन दिएका छन्।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभूवन विमानस्थल, अध्यागमन कार्यलय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरुलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।