काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
केन्द्रले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले इलाम- २ र बझाङ-१ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवारको नाम भने टुंग्याइनसकेको माओवादी केन्द्रले जनाएको छ ।