पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिएका हुन् ।
गत वर्षको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका खरेल पछिल्लो समय राजनीतिमा निस्क्रिय रहँदै आएका थिए ।
लामिछानेले आफू गृहमन्त्रीसहित सरकारमा जाने निर्णय गरेकोप्रति खरेलले आलोचना गर्दै आएका थिए।
उनले एक कार्यक्रममा सहकारी ठगी प्रकरणमा मुछिएको मान्छेलाई मन्त्री बन्न कति हतार भएको भन्दै उनले भनेका थिए, ‘गृहमन्त्रीज्यू, प्रश्न त तपाईंमाथि पनि छ नि, सहकारी ठगी प्रकरणबारे तपाईंले जवाफ त दिनैपर्छ ।’
यसलाई लिएर रास्वपाले खरेलसंग स्पष्टीकरण सोधेको थियो, स्पष्टीकरणको सट्टामा राजीनामा दिएको बुझिएको छ।