काठमाडौँ: निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
Advertisement
तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ । आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् ।
यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।