काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य जलवायु विज्ञ डा. अरनिको पाँडेले राजीनामा पार्टीबाट राजीनामा दिएका छन् ।
जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्न नहुने भन्दै राजिनामा दिएका हुन्।
उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले राजीनामा दिएको सार्वजनिक समेत गरेका छन् । यता पार्टी नेताहरूका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।