काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूर्वाधार आयोजना दलीय दलदलमा फसेको भन्दै आगामी आर्थिक वर्ष बाट यो स्थिति नरहने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि काम नभएर बसेका सयौं आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिने उनले बताए ।
अब संघीय सरकारले लामो समयदेखी अल्झिएर बसेका आयोजनामा १०/१५ लाख रुपैयाँ बजेट राखेर थप नबल्झाउने उनले बताए ।
नेपालमा आयोजनाहरु दलीय दलदलमा फसेको उनको भनाइ छ । यो अवस्था आगामी आवबाट समाधान गरिने उनको प्रतिबद्धता छ ।