काठमाडौँ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको छ। उक्त बिषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नाम जोडेर प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् ।
सञ्चारकर्मीहरूले गरेको प्रश्नमा जवाफ दिँदै उनले प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको बताएका हुन्। आज संसद भवन परिसरमा गृहमन्त्री लामिछानेले समाचार छापिदैमा दोष प्रमाण नहुने बताएका छन्।
‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्ने कुरा । हेडलाइनमा एउटा प्रश्न राखेर ठगीमा ? भनेर प्रश्न राखिदिएको हो कि, हतकडी लगाएर प्रमाणित गरिदिएको हो की? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो ?’उनले भने।