काठमाडौँ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन आयोगले इलाम-२ मा हुने उपनिर्वाचनको लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।