काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन् ।
आज बसेको दलको बैठकले नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो ।
सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले)लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने बताए