काठमाडौँ। जीबी राई गृहमन्त्रीको सम्पर्कमा रहेको कांग्रेसले दाबी गरेको छ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको जिकीर गरे । उनले जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर प्रश्न गरे ।
शर्माले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि उनले पक्राउ गर्न नचाहेको आरोप लगाएका छन्।