काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई पत्राचार गरेकी छिन् ।
अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए।
नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो ।