काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ ।
आज बसेको सभाको बैठकले उपाध्यक्षको निर्वाचन २८ गतेको मिति तोकेको हो । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरेका हुन्।
नियमावली बमोजिम संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न अध्यक्ष दाहालले निर्देशन दिएका छन्। राष्ट्रिय सभाको बैठक सोही दिन दिउँसो सवा १ बजे बस्ने भएको छ ।