काठमाडौँ। एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ।
घिमिरेलाई गठबन्धनका उम्मेदवारका रुपमा उठाइने भएको हो।
फागुन २१ गते नयाँ गठबन्धन बन्दा एमाले, माओवादी केन्द्र, रास्वपा, र जसपा सम्मेलित गठबन्धनबीच भएको आठ बुँदे सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो।
सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएपछि पाँच दलबीच भएको सहमति पत्रमा भने उक्त कुरा हटाइएको थियो।
उपाध्यक्षमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ।