काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएकोले सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।