काठमाडौँ। उपसभामुख इन्दिरा रानामगरले कारागारका कैदिहरुलाई भान्छाको सामानहरु प्रदान गरेकी छिन्।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले धुलिखेल कारागारका कैदीलाई भान्छाका सामान, फलफूल र औषधि प्रदान गरेकी हुन्
आज बिहान साढे ११ बजे धुलिखेल कारागार पुगेर दुई थान चुल्हो, पाँच थान राइसकुकर हस्तान्तरण गरेको बताइएको छ ।
उपसभामुख रानामनगरले कैदीहरुलाई १० केजी फलफूल र केही अत्यावश्यक औषधि पनि प्रदान गरेकी हुन् ।