कालिका नगरपालिकामा आज भएको कार्यपालिका निर्वाचनमा सबै पदमा एमालेले बिजय हासिल गरेको छ । एमालेबाट दलित वा अल्पसंख्यक तर्फ ज्योति सुनार, दिपक सिं परियार र धनमाया प्रजा बिजयी भएका हुन ।
त्यस्तै महिला सदस्य तर्फ फारम कुमारी ढकाल, भुव कुमारी राना मगर, शान्ती महतो, सम्झना परियार र सरस्वती खत्री बिजयी भएका हुन । ११ वटा वडा रहेको कालिकामा मेयर उपमेयर सहित ५७ जना नगर सदस्यले मतदान गरेका थिए ।
एमाले एक्लैको कार्यपालिकामा बहुमत छ । एमालेको ३७ मत छ भने गठबन्धनको २० मत मात्र छ ।
विवरण: