काठमाडौं – नेकपा एमालेले जिल्ला इन्चार्जहरुको जिम्मेवारी बारे निर्णय गरेको छ । बिहिबार बसेको सचिवालय बैठकले केन्द्रीय उपाध्यक्ष मनोनियदेखि निर्वाचन क्षेत्रसम्मको जिम्मेवारी दिने निर्णय गरेको छ ।
एमालेले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ । ७ मध्ये ५ वटा प्रदेशका इन्चार्ज हेरफेर गरेको एमालेले जनवर्गीय संगठनमा पनि इन्चार्जको जिम्मेवारी तोकेको हो । काठमाडौंको इन्चार्जको जिम्मेवारी आनन्दप्रसाद पोखरेले पाएका छन् ।
भक्तपुरमा महेश बस्नेत, गोकुल बास्कोटालाई काभ्रेपलाञ्चोक, पार्वत गुरुङलाई दोलखा, विशाल भट्टराईलाई खोटाङ, ठाकुरप्रसाद गैरेलाई पाल्पा, निरुदेवी पाललाई कञ्चनपुर, ज्वालाकुमारी साहलाई बारा, जुलीकुमारी महतोलाई धनुषा, नरुलाल चौधरीलाई दाङ र सुर्य थापालाई प्यूठानको इन्चार्ज तोकिएको छ ।
यस पटक भने नेताहरुले मिलेसम्म आआफ्नै जिल्लामा जिम्मेवारी पाएका छन् । यसअघि एउटा जिल्लाकालाई अर्को जिल्लाको जिम्मेवारी दिएर खटाइएको थियो । सरकारमा सहभागीहरुलाई एमालेले जिम्मेवारी दिएको छैन । सरकारमा नहुनेहरुले पार्टीमा महत्वपुर्ण जिम्मेवारी पाएका छन् ।