काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० का सचिव जय शाह निर्वाचित भएका छन्।
शाह निर्विरोध निर्वाचित भएका हुन् ।३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बीबीसी हिन्दीले दाबी गरेको छ। आईसीसी अध्यक्षका रूपमा जय शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ।
वर्तमान आईसीसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदै छ।जय शाह आईसीसीको शीर्ष स्थानमा पुग्ने पाँचौँ भारतीय हुन्। यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहर अध्यक्ष भैसकेका छन् ।
जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बनेका थिए । उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए। उनको कार्यकाल २०२५ सम्म छ तर आईसीसीको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले यो पद छाड्नुपर्नेछ ।