काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभामा बैठकमा टकराव भएको छ । खास गरी माओवादी जनयुद्धको विषयलाइृ लिएर दुई दलका सांसद आमने–सामने भएका हुन् । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो । भट्टराईले थपे, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।
त्यसपछि माओवादी सांसदहरु प्रतिवादमा उत्रिए । सांसद भट्टराईको अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।
तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन् । माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।
सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’
पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।
त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।
सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि माओवादीका अरु सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर सदनमा होहल्ला गरे ।
सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।
उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’त्यसपछि सभामुखले योगेश भट्टराइलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’ पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।
त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।
सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।
सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।
उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’
त्यसपछि सभामुखले योगेशलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’
माओवादीको आपत्तिपछि हिंसा शब्द प्रयोग अवस्था हेरेर छानबिन गरेर हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिए ।तर भट्टराईले प्रतिवाद गरे । उनले भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा केको छानबिन हुन्छ ।