काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले आफू नबनेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर त्याग गर्न देउवालाई आग्रह गरेपनि उनले अस्वीकार गरको हुन् ।
शर्माले प्रधानमन्त्री कांग्रेसमा एकसे एक अग्रज नेताहरु भएकाले उनीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए । तर शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?
कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं । शर्माले डा।शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।
देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न । तर देउवाले मानेनन् ।