काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’ तर समानूपातिकबारे प्रश्न उठेको उनले बताए ।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको खिलाफमा नभएको बताएन् । संविधानको एक दशक, कार्यान्वयन र चुनौती विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूले विद्यार्थी कालदेखि नै प्रजातन्त्रको लागि लडेको बताए ।
‘ओलीजी प्रधानमन्त्री भएपछि उहाँले संविधानमा संशोधन गर्नुपर्ने कुरा भन्नुभएको छ । त्यो प्रजातन्त्रको खिलाफमा चाहिँ होइन । प्रजातन्त्रलाई अझ मजबुद बनाउनको लागि संविधानमा सुधार हुन्छ। हामी सबै प्रजातन्त्रको लागि लडेको पार्टी हो ।’ उनले भने, ओलीजीलाई पहिलो पटक मैले जेलमा भेटेको हो । हामी प्रजतान्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएका हौं । जेलनेल सबै भोगेका पार्टी हौं । प्रजातन्त्रको खिलाफमा कुनै काम हुँदैन । यसलाई कसरी जनताको जवाफदेही बनाउने भन्ने कुरा भएको छ ।