काठमाडौं – श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । अनुराले ५३ प्रतिशत मत ल्याएका छन् । सन २०१९ को चुनावमा उनको पार्टीले तीन प्रतिशत मात्र मत ल्याएको थियो । १ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार द हिन्दुले उल्लेख गरेको छ ।
उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्। अनुराको आजै शपथ हुने बताइएको छ । उनको दल जनमुक्ति मोर्चा(जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने छ ।