काठमाडौँ – सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।