कैद जिबन बितईरहेका मानिसहरुको बच्चाको अभिभावक बनि रहेकी इन्दिराले कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षा दिने काम गर्दै आएकी छिन उनले भनिन्, ‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।संसद भवन सिंहदरबारमा उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् ।
राना मगरलाई रास्वपाकी सांसदले उपसभामुखमा प्रस्ताव गरेकी थिइन् । भने योग्यता र तक्षताको आधारमा हेर्ने हो भनेपनि रानामगरले कानुनि पाटोमा रहेर निकै लामो समय काम गर्दै आउनु भएको छ ३३ बर्ष देखि समाज सेवामा तल्लिन भएर लाग्दै गरेकी इन्दिरा धेरै सम्मान पदक बाट पनि सम्मानित हुनु भईसकेको छ अबको दिनमा आफु देश र जनताको पक्षमा रहेर काम गरे समेत प्रतिबद्धता समेत जनाउनु भएको छ साथै नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन उनको समर्थक छन् ।