प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौँलाले भोलिको बैठकमा प्रचण्डले बोल्नेगरी कार्यसूची तय भएको बताए ।
उनले भने, ‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ ।’