नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरू संविधानविरोधी रहेको भन्दै आपत्ति जनाएको छ ।
आज संसद बैठकमा पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजाको उक्साहट र निर्देशनमा पञ्चायतकालीन राष्ट्रिय गान गाउन थालिएको भन्दै आक्रोश व्यक्त गरे ।
संसद बैठकको विशेष समयमा बोल्दै बर्तौलाले संविधानको धारा १ मा ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने’ उल्लेख गरिएको स्मरण गराए ।