कहिले मेरो माया लाग्छ ? भनेर त कहिले काम नगर्नेहरू हल्ला गर्छन्, काम गर्नेहरू बैठक बसिराख्दैनन् भनेर” कहिले के त कहिले के भनेर चर्चामा आईराख्ने बालेन शाह अहिले भने एकल निर्णय र फेसबुकमार्फत शासन चलाउने गरेको भनेर वडाध्यक्षहरूको आक्रोशमा परेका छन् ।
तिन महिनादेखि कार्यपालिका बैठक नबोलाइएको, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रक्रियाविनै कार्यालय प्रवेशमा रोक लगाइएको, र सचिवालयमार्फत निर्वाचित जनप्रतिनिधिमाथि अमर्यादित टिप्पणी गरिएको भन्दै वडाध्यक्षहरूले संयुक्त ज्ञापनपत्रमार्फत आपत्ति जनाएका छन्।
वडा नं. ८ का अध्यक्ष आशामान संगत भन्छन्, “फेसबुक स्टाटस लेखेर कसैलाई दोषी ठहर गर्नु हुँदैन, सार्वजनिक सेवा ट्रेन्डिङ टपिक होइन।” उनका अनुसार कुनै पनि निर्णय कार्यपालिका बैठकबाटै लिनुपर्छ।
भने वडाध्यक्ष नवीन मानन्धर थप्छन्, “हामी निर्वाचित जनप्रतिनिधि हौं, मेयरका मातहतका कर्माचारी होइनौं सार्वजनिक संस्थामा फेसबुक लाइभ चलाउन पाइँदैन।”भन्दै आलोचना गर्छन ।
पूर्व मेयर विद्यासुन्दर शाक्य ले पनि “कोभिड महामारीमा त बैठक बसेको थियो, अहिले किन बसेको छैन ?” भनेर प्रश्न सोधेका छन् ।
विवाद झन् चर्किँदा मेयरका स्वकीय सचिव भूपदेव शाहले वडाध्यक्षहरूलाई ‘नाटकबाज’ र ‘भ्रष्टाचारका संरक्षक’ भनेपछि विवाद झन आगोमा पेट्रोल हाले झै दन्किन लाग्यो ।
अहिले बालेन चौतर्फी विवादले घेरिएका छन् । विवाद भैरहदा पनि बालेन को लोकप्रियता त्यस्तै होला त ???