२०२५ मार्चमा टेक्सासबाट प्रक्षेपण गरिएको विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘स्टारशिप’ प्रक्षेपणपछि केही मिनेटमै विस्फोट भएको छ।
स्पेस एक्सको यो मानवविहीन यान सुपर हेभी बूस्टरबाट अलग भएपछिको केही समयमै अनियन्त्रित रूपमा घुम्न थाल्यो र अन्ततः विस्फोट भयो। यसको भग्नावशेष दक्षिण फ्लोरिडामा खस्दा सबै उडानहरू रोकिएको थियो।
यो स्पेस एक्सको आठौं परीक्षण थियो तर दोस्रो पटक स्टारशिप विस्फोट भएको हो। यस्ता घटनाले कम्पनीको विश्वसनीयतामा प्रश्न उठाउन थालेको छ। तर, विशेषज्ञहरू भन्छन् अन्तरिक्ष भविष्यको ऊर्जा र संसाधनको मुख्य स्रोत बन्न सक्छ।
अहिले अन्तरिक्षमा स्याटेलाइटको प्रयोगले सञ्चार,मनोरञ्जनदेखि मौसम पूर्वानुमानसम्म सहयोग गरिरहेको छ। भविष्यमा होटलदेखि खनिज उत्खननसम्म सम्भावना देखिएको छ।