गायक दुर्गेश थापा पछिल्ला केही महिनायता नेपालभित्र युट्युबमा सबैभन्दा धेरै सुन्ने नेपाली गायकमध्ये एक बनेका छन्।
उनका गीतहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय बन्न थालेका छन्, थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै ’ ले युट्युबमा छोटो समयमा नै ३४ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। एलिना चौहान, समीक्षा अधिकारी र आनन्द कार्कीको साथमा गाइएको यो गीत टिकटकमा पनि अत्यन्त भाइरल बनेको बन्यो । गीत सार्वजनिक हुनु अघि नै हजारौं प्रयोगकर्ताले यसमा भिडियो बनाएर साझा गरेका थिए ।
गायक थापा विगतमा केही विवादास्पद गीतका कारण आलोचनाको घेरामा परेका थिए। तर पछिल्लो समय उनले आफू सुधारिएको बताउँदै संगीतमा नयाँ धारको प्रयास गरिरहेका छन्। उनले भनेका छन्, “अबदेखि उट्पट्याङ गाउँदिनँ, म सुध्रिएको छु। श्रोता-दर्शकको माया पाउँदा अझ जिम्मेवार महसुस गर्न थालेको छु।”
दुर्गेश थापाको यो सफलता नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको संकेत बनेको छ ।