काठमाडौं । सभामुख देवराज घिमिरले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् ।
शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन् ।
उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरुलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानूनहरु कार्यान्वयनमा कसरी गईरहेका छन् । त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन ।
संशोधन गर्न जरुरी छ कि छैन । कानूनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन । उहाँहरु जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ ।’
सभामुख घिमिरले जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्ने बताए । ‘जिम्मेवारी तहमा सुशाषन दिने दृढता हुनुपर्यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्यो र त्यो गर्छु भन्ने प्रतिवद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने ।