राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल- बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ ।
राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् ।
यसअघि चैत१५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए ।