काठमाडौं । नेपाली बजारमा आज (सोमबार)) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँ बढेको हो ।
आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।