धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्।
मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्रसंग निकाल्दै जवाफ दिएका हुन्।
उनले भनेका छन्, ‘रेनु दहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछ! रेनुजी तपाईंको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने? बाऊ ठीक रैन छ पार्टी ठीक रैछ छ त!’ यस्तै मेयर राईले दाहालकै पार्टीका सुदन किराती मन्त्री हुँदा आफूले एयरपोर्ट मागेको तर प्रधानमन्त्री दाहालले ‘विराटनगरमा छँदैछ किन चाहियो धरानमा’ भनेर फर्काइदिएको समेत जिकिर गरे।