कर्मचारी ट्रेड युनियनले सरकारलाई लागातार दबाब दिएको छ ।आज सिंहदरबारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका थिए ।
यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्तिथित भएर दबाब दिएका थिए । उनीहरुले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।
कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।