बाटो निर्माणको विषयमा भएको विवाद मिलाउन पुगेका साम्पाङ्गले समर्थकलाई उकासेपछि लिम्बूमाथि कुटपिट गरिएको छ । बाटोसम्बन्धी विवाद छलफल मिलाउनुको साटो साम्पाङ्गले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिट गरेको लिम्बुको आरोप छ।
सन्तोष टोल विकास संस्थाका अध्यक्षसमेत हुन् । धरान-११ मा नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । तर, स्थानीयबी विवाद भएपछि हिजो छलफल राखिएको थियो । मेयर साम्पाङ्गले लिम्बूलाई वडा सदस्यजत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताएको त्यहाँ रहेकाले बताए ।
हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङगबीच विवाद भएको थियो।‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि हमला भएको’, लिम्बूले बताएका छन्।